तोकिएको कार्य क्षेत्रमा जान अटेर गर्ने कर्मचारीलाई कारबाही

तोकिएको कार्य क्षेत्रमा जान अटेर गर्ने कर्मचारीलाई कारबाही

  • सोमवार, चैत्र १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं चैत्र १२ ।
तोकिएको कार्य क्षेत्रमा जान अटेर गर्ने कर्मचारीलाई सरकारले आजदेखि कारबाही गर्ने जनाएको छ । सरकराले तोकेको स्थानीय तहमा जान अटेर गरेर केन्द्रमै बस्ने कर्मचारीहरु विरुद्ध हाजिरी र तलब भत्ता रोकिने संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो ।

कर्मचारीको हाजिरी प्रक्रिया रोक्न निर्देशन दिईएको मन्त्री पण्डितले बताउनुभयो । सरकारले हिजैदेखि कारवाही गर्ने जनाएपनि सार्वजनिक विदा परेकाले आजदेखि मात्रै कार्यान्वयनमा आउन लागेको हो ।

मन्त्री पण्डितले सरकारी सेवा र सुविधा लिएर कर्मचारीहरु तोकिएको ठाउँमा नजाने भन्न नमिल्ने तर्क गर्नुभयो । कर्मचारीले भने विधी र प्रक्रिया पुरा नगरी हचुवाका भरमा सरकारले बलमिच्याइँ गरेको आरोप लगाएका छन् ।

सह–सचिव र उपसचिव स्तरका कर्मचारीलाई चाही वढुवा गर्ने तर तल्लो तहका कर्मचारीलाई भने सरकारले जवरजस्ती गर्न खोजेको कर्मचारीले आरोप लगाएका छन् । मन्त्री पण्डितले भने सबै कर्मचारीलाई समान व्यवहार गरेको बताउनुभएको छ ।

स्थानीय तहमा कर्मचारी अभाव र खटिएका कर्मचारीमा पनि संघीय संरचना अनुसार काम गर्ने दक्षता अभाव भएपछि जनप्रतिनिधिहरु भने अन्यौलमा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ