सरकार फासिष्ट भो, संघर्ष चर्काउँछौंः नेकपा (विज्ञप्तिसहित)

सरकार फासिष्ट भो, संघर्ष चर्काउँछौंः नेकपा (विज्ञप्तिसहित)

  • आइतवार, चैत्र ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

११ चैत

इटहरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकार फासिष्ट बन्दै गएको भन्दै त्यसविरुद्ध संघर्ष चर्काउने चेतावनी दिएको छ । पार्टीका केन्द्रीय सदस्यसहित जिल्ला तहका ८ नेतालाई बिनाकारण गिरफ्तार गरेर यातनासहित झुठा मुद्दा लगाएर हिरासतमा राखिएको भन्दै कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिएको हो ।

पूर्वी कमाण्ड ईन्चार्ज अनिल शर्मा ‘विरही’ले आइतबारको कोशी बन्दको समापनपछि बन्दमा सघाउने पक्ष र नागरिकलाई धन्यवादज्ञापन गर्द जारी प्रेस विज्ञप्तिमा गिरफ्तार गरिएका पार्टीका केन्द्रीय एवं कोशी ब्युरो इन्चार्ज किरणसहित आठ नेताहरुलाई रिहा गर्न सरकारसँग गरे ।
नेकपाले आगामी बैशाख १५ गतेसम्म राष्ट्रियता, स्वाधीनताको पक्षमा, भ्रष्टचार र दलालविरुद्ध शान्तिपूर्ण रुपमा पार्टीको केन्द्रीय कार्यक्रमअनुसार तीन महिने जनजागरण अभियान चलाइरहेको छ ।

नेताहरुको रिहाईको माग गर्दै आइतबार आयोजना गरिएको कोशीका पाँच जिल्ला बन्द कार्यक्रम शानदार रुपमा सफल भएको पनि जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । आजै मात्र बन्दका क्रममा कोशी ब्यूरो सदस्य बाबुलाल पासवानलाई प्रहरीले मोरङबाट बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल बिनासर्त रिहा गर्न ईन्चार्ज विरहीले सरकारसँग माग गरेका छन् ।

उनले पासवानको गिरफ्तारीलाई फासिष्ट सरकारको ज्यादती भएको भन्दै नेताको रिहाइ र ज्यादतीविरुद्ध संघर्षमा उत्रन नेता कार्यकर्तालाई आह्वान गरेका छन् । संघर्षमा साथ दिन पनि नागरिकसँग अपिल गरेका छन् । नेताहरुलाई रिहा नगरिए थप कडा संघर्षका कार्यक्रम घोषणा गर्ने ईन्चार्ज विरहीले चेतावनी दिएका छन् । बन्दका कारण पाँच धनकुटा, सुनसरी, संखुभवासभा, भोजपुर र मोरंगलगायत पाँच जिल्लामा शिक्षण संस्था, बजार, कलकारखाना, यातायातलगायत पूर्ण रुपमा बन्द भए ।

नेकपाका केन्द्रीय नेता राईसहित धनकुटा ईन्चार्ज माधव गौतम, हिलेबजार र उहाँहरूको रिहाइका लागि भएको घर्षमा गिरफ्तार गरिएका बाबुलाल पासवानसहित सम्पूर्ण नेता–कार्यकर्ता बिनासर्त रिहा नगरिए पार्टी थप संघर्षको चेतावनीसमेत दिन चाहन्छ ।’ बन्दका क्रममा बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले एउटा यात्रुबाहक बस र ट्रकमा आगजनी गरेका छन् । बाँकी केहीलाई सम्झाईबुझाई फिर्ता पठाइएको नेकपाले जनाएको छ ।

पछिल्लो समयमा केपी शर्मा ओली नेतृत्वको सरकार नेकपाप्रति खरो रुपमा प्रस्तुत हुँदै आएको छ । नेकपाले पनि त्यसविरुद्ध चर्का रुपमा आफ्ना गतिविधिलाई अगाडि बढाइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ