इयूलाई प्रधानमन्त्री ओलीको चेतावनीःखस आर्यको आरक्षण खारेज गर्न दिएको प्रतिवेदन सच्याउ

इयूलाई प्रधानमन्त्री ओलीको चेतावनीःखस आर्यको आरक्षण खारेज गर्न दिएको प्रतिवेदन सच्याउ

  • आइतवार, चैत्र ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, चैत ११ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सार्वभौमसत्ताको अवमूल्यन नगर्न युरोपेली युनियनलाई चेतावनी दिनुभएको छ ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को आज काठमाडौंमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन प्रतिवेदन सार्वजनिक गर्दै उहाले इयूको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न दिएको प्रतिवेदन सच्याउन आग्रह गर्नुभएको छ ।

इयूको प्रतिवेदनले आफू हेपिएको महसुस गरेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानलाई अवमूल्यन नगर्न पनि इयूको ध्यानकर्षण गराउनु भएको छ ।

निर्वाचन पर्यवेक्षणको नाममा धर्म प्रचार गर्न आएका कतिपय संस्थालाई फर्काइएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले त्यसको प्रतिशोध इयूले प्रतिवेदनमार्फत् व्यक्त गरेको दाबी गर्नुभएको छ ।

आफू प्रजातन्त्रको लागि अडिग रहेको भन्दै प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानताको अभियानमा नेपाली जनताले चलाएको आन्दोलको स्मरण गर्नुभएको थियो । कठिन परिस्थितिमा पनि निर्वाचन सम्पन्न गर्न भूमिका खेल्ने सबैको प्रधानमन्त्री ओलीले प्रशंसा समेत गर्नुभएको छ ।

निर्वाचन लोकतन्त्रको आधारस्तम्भ रहेको भन्दै उहाले निर्वाचनमार्फत् प्रतिनिधित्वको न्यायोचित प्रणाली सुदृढ भएको बताउनु भयो । निर्वाचनमार्फत् मुलुक नयाँ चरणमा प्रवेश गरेपनि अझै केही चुनौती बाँकी रहेकाले सजग भएर हिँड्नुपर्ने उहाको भनाई थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ