प्रधानमन्त्री ओलीकाे भारत भ्रमण राेकियाे !यस्ताे छ कारण

प्रधानमन्त्री ओलीकाे भारत भ्रमण राेकियाे !यस्ताे छ कारण

  • आइतवार, चैत्र ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

प्रधानमन्त्री केपी ओली तत्काल भारत भ्रमणमा नजाने भएका छन् । भारतले ओलीलाई भ्रमणको औपचारिक निम्तो नदिएका कारण ओलीको भ्रमण अनिश्चित बनेको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ओलीको भारत भ्रमणबारे नेपालले भारत समक्ष औपचारिक प्रस्ताव नपठाएको र उताबाट पनि प्रस्ताव नआएको बताए ।

बिहिबार दिल्लीमा नेपाली सञ्चारकर्मीसँग भारतीय विदेश मन्त्रालयका अधिकारीले प्रधानमन्त्री ओलीले चैत २३ देखि भारतको तीन दिने भ्रमण गर्न लागेको बताएका थिए ।

परराष्ट्र मन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे आफुले पनि सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै शनिबार बीबीसीसँगको कुराकानीमा कुटनीतिक रुपमा असन्तुष्टी पोखेका छन् ।

उनले भने, ‘हामीले भ्रमणबारे औपचारिक प्रस्ताव पाएका छैनौं, नेपाली पक्षले पनि त्यसबारे छलफल तथा निर्णय गरेको अवस्था होइन ।’

परराष्ट्र मन्त्री ज्ञवालीले दिल्लीले चाहेको मिति, २३ चैतबाट प्रधानमन्त्री ओलीले भारत भ्रमण नगर्ने संकेत गर्दै बरु पहिला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणमा आमन्त्रण गरिएको बताए ।

‘हामीले भ्रमणको सुरुवात किन उताबाट नहुने भनेर प्रस्ताव पनि गरेका छौं । तर यसलाई प्रतिष्ठा वा दुई देशबीच तानातानको विषयको रुपमा हेरिनुहुन्न’, ज्ञवालीले भने ।

भारतले एकपक्षीय रुपमा भ्रमणको मिति तय गरेर नेपाललाई भ्रमणका लागि दबाब दिन खोजेको देखिन्छ ।

‘अहिलेसम्म भ्रमणको मिति तय भएको छैन, हामी तयारी त गरिरहेका छौँ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘तर यसरी एकपक्षीय ढंगबाट भारतले मिति सार्वजनिक गरेर नेपाललाई दबाब दिन खोजे जस्तो देखिन्छ ।’

‘भारतले सार्वजनिक गरेको मितिमा प्रधानमन्त्री त्यता नगए दुई देशबीचको सम्बन्ध बिग्रिएको हो की भन्ने देखिन्छ, त्यही दबाब दिनकै लागि भारतले यस्तो गरेको हुन सक्छ,’ ती अधिकारीले भने ।

काठमाण्डुसँग समझदारी नै नगरी दिल्लीले ओलीको भारत भ्रमणको मिति सार्वजनिक गर्न हतारिनुको कारण ओली पहिला चीन भ्रमणमा नजाउन भन्ने रहेको कुटनीतिक क्षेत्रमा विश्लेषण गरिएको छ ।kathmandutoday

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ