केन्द्रीय सरकारको प्रदेश सरकारमाथि हस्तक्षेप संघीयता विरोधी कार्य

केन्द्रीय सरकारको प्रदेश सरकारमाथि हस्तक्षेप संघीयता विरोधी कार्य

  • शनिबार, चैत्र १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

जनकपुरधाम, १० चैत ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कुनै बहानाका नाममा गुणस्तरीय कार्यको बाधक बनेमा त्यस्तालाई प्रदेश सरकारले दण्डित गर्ने बताउनु भएको छ ।

प्रदेश नं २ निर्माण व्यवसायी महासंघको कार्यालय उद्घाटनका अवसरमा व्यवसायीलाई गुणस्तर मैत्री हुन आग्रह गर्दै उहाँले प्रतिस्पर्धाका नाममा कम दरमा टेण्डर लिई गुणस्तरहीन र समयमा कार्य सम्पन्न नगर्ने प्रवृत्तिको अन्त्य गर्न पनि आग्रह गर्नुभयो ।

प्रदेशसभा सदस्य परमेश्वर साहले केन्द्रीय सरकारले संघीयता विपरीत कार्य गरी जनकपुरधामका कार्यालयलाई बर्दिवासमा सार्ने काम गर्नु दुःखद भएको बताउनु भयो ।

सोहि अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले सरकारी ऐन, कानूनका कारण पनि गुणस्तरहीन कार्य भइरहेको बताउनुभयो ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विनयभाइ श्रेष्ठले लागत र समयको वैज्ञानिक मापदण्ड निर्धारण हुनुपर्ने धारणा राख्नुभयो ।

प्रदेश नं २ निर्माण व्यवसायी महासंघका अध्यक्ष सुरेन्द्र चौधरीको अध्यक्षतामा भएको सो समारोहमा वरिष्ठ निर्माण व्यवसायी हीरा भगतले सबै व्यवसायीले रोजगारी पाउने मैत्री कानून तथा वातावरण निर्माणको खाँचो औँल्याउनुभयो ।

भवन उद्घाटन कार्यक्रममा सहभागीहरुले केन्द्रीय सरकारले प्रदेश सरकारमाथि हस्तक्षेप गरी संघीयता विरोधी कार्य गरिरहेको प्रति चिन्ता व्यक्त गरेका थिए ।

प्रदेश सरकारलाई औचित्यहीन बनाउने कार्य बन्द गर्न आग्रह गर्दै केन्द्रीय सरकारले प्रदेशमा हुने निर्माण व्यवसायको कार्य प्रदेशकै व्यवसायीबाट गराउने ऐन, कानून र नियमावली निर्माणमा ध्यान दिनुपर्ने आवश्यकतामा उनीहरुको जोड छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ