उपेन्द्र यादव भन्छन् – ईयूको सुझाव सकारात्मक छ , परराष्ट्रको वक्तव्य अपरिपक्व

उपेन्द्र यादव भन्छन् – ईयूको सुझाव सकारात्मक छ , परराष्ट्रको वक्तव्य अपरिपक्व

  • शुक्रबार, चैत्र ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

रौतहट ९ चैत, ।
पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादवले यूरोपियन यूनियनको निर्वाचन पर्यवेक्षण मिसनको सुझावलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनु भएको छ ।

ईयूको सुझावलाई लिएर परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अपरिपक्वताको नमुना भएको उहाले दावी गर्नुभएको छ ।

आज रौतहटको गौरमा सञ्चारकर्मीसँग कुरा गर्दै संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवले यूरोपियन यूनियनले भनेको कुरा सुझावका रुपमा लिएर अगाडि बढनुपर्ने धारणा व्यतm गनुभएको थियो ।

ईयूको निर्वाचन पर्यववेक्षण मिसनको प्रतिवेदनका विषयमा परराष्ट्र मन्त्रालयले हतासमा विज्ञप्ति निकाल्नु गलत भएको पनि यादवको भनाई थियो ।

ईयूको निर्वाचन पर्यवेक्षण मिसनले नेपालमा खसरआर्य समुदायलाई दिएको आरक्षण खारेज गर्न सुझाव दिएको थियो ईयूको उक्त सुझावको पक्ष र विपक्षमा मत सार्वजनिक भइरहेका छन् ।

अध्यक्ष यादवले आफूहरु सरकारमा सामेल नभए पनि समर्थन दिइसकेको बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ