काठमाडौं ९ चैत,।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिंसाको बाटो अपनाएर मुलुक परिवर्तन हुन नसक्ने बताउनु भएको छ ।
संघीय समाजवादी फोरमका सचिव अजम्बर काङमाङ राईलाई पार्टी प्रवेश गराउँदै उहाले अब हिंसाको बाटो छाडेर संविधानमार्फत नै नागरिकको चाहना पूरा गर्र्न अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
प्रचण्डले नेकपा एमालेसँग पार्टी एकता हुँदा सबै नेतालाई उचित ढंगले संगठनमा राख्ने सहमती भएको पनि बताउनु भयो ।
माओवादीको संगठनात्मक स्वरुप मिलाउन विस्तारित बैठक बोलाएको भन्दै उहाले बैठकमा यस विषयमा छलफल हुने बताउनु भएको छ ।
‘पार्टी एकताका लागि गठन भएको दुईवटा कार्यदलले अन्तरिम राजनीतिक प्रतिवेदन पर्सीसम्म टुंग्याउने बताउदै ‘त्यसको आधारमा पनि सबैलाई उचित ढंगले संगठनात्मक सेटमा राख्ने बताउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline