ठूलाबडाका घरमा नोकर बनाइएका सुरक्षाकर्मीलाई फिर्ता गर्न प्रधानमन्त्रीकाे अल्टिमेटम !

ठूलाबडाका घरमा नोकर बनाइएका सुरक्षाकर्मीलाई फिर्ता गर्न प्रधानमन्त्रीकाे अल्टिमेटम !

  • बिहिबार, चैत्र ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

८ चैत्र,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कडा बन्ने छनक देखाएका छन् । ठूला बडाका घरमा कामदारको रुपमा काम गर्दै आइरहेका सुरक्षाकर्मीहरुलाई फिर्ता गर्न प्रधानमन्त्री ओलीले सात दिने निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका निजी काममा खटाइएको सुरक्षाकर्मीहरुलाई सात दिन फिर्ता गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । रक्षा र गृहसचिवलाई दिएको सो निर्देशनमा कानुन बमोजिम खटाइएका सुरक्षाकर्मीलाई भने फिर्ता गर्नु नपर्ने भएको छ ।

विगत लामो समयदेखि शक्तिको आडमा सुरक्षा निकायका बहालवाला र पूर्व प्रधानसेनापाति, आईजीपीलगायत उच्च व्यक्ति, मन्त्रीहरु, प्रधानन्यायाधीशलसहित न्यायाधीशहरुको निजी काममा सुरक्षाकर्मी खटाइएको भन्दै विरोध हुँदै आएको थियो ।

सेना, प्रहरी र सशस्त्र प्रहरीमा गरी झन्डै चार हजारबढी सुरक्षाकर्मी घरायसी काममा प्रयोग भइरहेको अनुमान गरिएको छ । सुरक्षा निकायभित्र आफूहरुलाई नोकरजस्तै निजी काममा खटाइएको भन्दै जवानहरुले लामो समयदेखि विरोध गर्दै आएका थिए । तर, कसैले पनि उनीहरुका कुरा सुनेका थिएनन् ।

रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापासहित दुबै मन्त्रालयका सचिवको संयुक्त बैठकमा दिएको प्रधानमन्त्रीको निर्देश कतिको कार्यान्वयन हुन्छ हेर्न बाँकी छ । प्रधानमन्त्रीले बुधबार सो दिर्नेशन दिएका थिए । आज दुई दिन भइसकेको छ । अब पाँच दिनभित्र कार्यान्वयन हुन्छ वा हुँदैन हेर्न बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ