काठमाण्डाै , ७ चैत ।
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले नेपाली जनताले बनाएको संविधानको विषयमा युरोपियन युनियनले दिएको सुझाव आपत्तिजनक भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले नेपालको मामिलामा नबोल्न युरोपियन युनियनलाई सुझाव दिएका छन् । संविधानमा कतै ‘आरक्षण’ शब्द नभएको उनले स्पष्ट पारेका छन् ।
संविधानमा ‘समानुपातिक समावेशी प्रतिनिधित्व’ मात्र भएको त्यो एकदमै सही भएको उनले ट्वीटरमा उल्लेख गरेका छन् । युरोपियन युनियनले आरक्षणबाट खस आर्यलाई हटाउन सुझाव दिएको भोलिपल्ट पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘एउटा विदेशी नियोगले नेपालको कुनै जाति विशेषलाई ‘आरक्षण’ नदिनू भन्ने आपत्तिजनक उर्दी जारी गरेको सुनियो ! हामी नेपाली जनता स्वयम्ले बनाएको संविधानमा कतै ‘आरक्षण’ शब्द छैनस त्यहाँ ‘समानुपातिक समावेसी प्रतिनिधित्व’ मात्र छस जुन विल्कुल सही छ !गुड र गोबर नचिन्नेले थुतुनो नचलाएकै वेश !’