संघीयता खारेजीको माग !

संघीयता खारेजीको माग !

  • मङ्लबार, चैत्र ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं ६ चैत,।
संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाएको छ । संघीयताका दुर्भाग्यपूर्ण परिणाम आउन भन्दा अगाडि नै खारेज गर्न माग गर्दै जनमोर्चाल आज मुख्यमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।

समाजवाद उन्मुख प्रगतिशील नीति तथा कार्यक्रममा आफूहरुको समर्थन रहे पनि राष्ट्रियता अखण्डताका लागि नेपालमा संघीयता स्वीकार्य नहुने जनमोर्चाले पत्रमा स्पष्ट पारेको छ ।

दुई पृष्ठ लामो पत्रमा अन्तरिक संविधान ०६३ मा समेत संघीयता व्यवस्था नभएको उल्लेख गर्दै जनमोर्चाले भारतीय दवावमा अन्तरिक संविधानलाई संशोधन गरी संघीयता ल्याइएको दावी गरेको छ ।

यसैबिच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले टिकापुर हत्याकाण्डका अभियुक्त रमेश चौधरीलाई संसदको सपथ गराउने प्रयत्न भइरहेको भन्दै आपत्ति जनाउनु भएको छ ।

केसीले विज्ञप्ति जारी गर्दै अपराधी छुटाउनलाई जिम्मेबारपक्षबाट जुन प्रकारको प्रयत्न भइरहेको छ त्यो प्रयत्नलाई आफ्नो पार्टीले घोर भ्रत्सना गर्ने जनाउनु भएको छ । साथै केसीले चौधरीमाथि कडाभन्दा कडा कारबाहीको माग समेत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ