ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

  • मङ्लबार, चैत्र ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं ,६ चैत ।
प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई छलफलका लागि प्रधानमन्त्री कार्यालयमा बोलाउनु भएको छ ।

प्रदेशको विकास योजना तथा प्रदेशले भोग्नु परेका समस्याबारे जानकारी लिने उद्देश्यले प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुखसचिव तथा न्यायाधिवक्तालाई भोली छलफलका लागि बोलाउनुभएको हो ।

प्रधानमन्त्री कार्यालयले सातै प्रदेशका मुख्यमन्त्रीलाई बैठकमा सहभागी हुन पत्राचार गरिसकेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रदेशका मुख्यमन्त्रीहरुले केन्द्रीय सरकारले आवश्यकता अनुसार सहयोग नगरेको गुनासो गरिरहेका बेला प्रधानमन्त्रीले पहिलो पटक सबै मुख्यमन्त्रीलाई छलफलका लागि राजधानी बोलाउनु भएको हो ।

यसैबीच , प्रधानमन्त्री ओलीले सरकारको काममा प्रगति भइरहेको दावी गर्नुभएको छ ।

ओलीले विकास, निर्माण सम्बन्धी आफूले देखेको सपना साकार पार्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । उहाले देशको आर्थिक अवस्था नाजुक भएपनि विकास, निर्माणको काम नरोकिने पनि स्पष्ट पार्नुभयो ।

दमक(चिसापानी सडकको उचित व्यवस्थापनका लागि आवश्यक बजेट माग गर्न आज काठमाडौंमा आइपुगेका स्थानीय उपभोक्ता समितिका पदाधिकारीमाझ प्रधानमन्त्री ओलीले सडक, पुलजस्ता विकास, निर्माणको कामका लागि आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन दिनुभएको हो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ