काग्रेस सभापति शेरबहादुर देउवा ‘धराप’ मा !

काग्रेस सभापति शेरबहादुर देउवा ‘धराप’ मा !

  • शनिबार, चैत्र ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीबाट असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला एउटै कित्तामा उभिने प्रयासमा छन् । देउवाको कार्यशैलीबाट पार्टी अघि बढ्न नसक्ने निष्कर्षसहित उनीहरू एउटै कित्तामा आउन लागेका हुन् ।

पौडेल र सिटौलालाई मिलाएर संस्थापनइतर समूह बलियो बनाउने अभियानमा चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेललगायत युवा नेता सक्रिय भएका छन् । महासमिति बैठकअघि नै यी दुई समूहलाई मिलाएर पार्टीमा नीति, कार्यक्रम र नेतृत्व परिवर्तनको मुद्दालाई प्रमुख एजेन्डा बनाउने तयारीमा संस्थापनइतर समूह लागेको छ । प्रतिनिधिसभा, प्रदेश र स्थानीय तहका तीनै निर्वाचनमा पार्टीले नराम्रो पराजय भोगेपछि पौडेल र सिटौला समूहको विचार मिलेको हो ।

केही दिनअघि संसदीय दलको नेताको निर्वाचनमा पनि यी दुई समूह एकै ठाउँमा थिए । निर्वाचनअघिसम्म पौडेल र सिटौलाको सम्बन्ध चिसो थियो । दुई वर्षसम्म निरन्तर देउवालाई साथ दिएका सिटौला निर्वाचनलगत्तै फरक कित्तामा उभिन पुगेका हुन् ।
पार्टीको १२ औं महाधिवेशनदेखि नै सिटौला नेतृत्वमा तेस्रो समूहको जन्म भएको थियो । १२ औं महाधिवेशनमा सिटौलाले तेस्रो धारको नेतृत्व गर्दै सभापतिमा प्रतिस्पर्धा गरेका थिए । कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ