प्रचण्डलाई बाबुरामको चुनौती : ‘आफै एमालेमा विलय हुने, अनि हामीलाई माकेमा फर्क भन्ने ?’

प्रचण्डलाई बाबुरामको चुनौती : ‘आफै एमालेमा विलय हुने, अनि हामीलाई माकेमा फर्क भन्ने ?’

  • शुक्रबार, चैत्र २, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा फर्कन गरेको आग्रहलार्इ नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले कडा प्रतिक्रिया दिएका छन् ।

डा.भट्टराईले ट्वीटमा कडा प्रतिक्रिया दिँदै कुर्सीका लागि प्रचण्डले पूरै माओवादीलाई एमालेमा होम्न लागेको आरोप लगाएका छन् ।

उनले विद्यालयमा पढ्दाको कविता सम्झँदै ट्वीटमा लेखेका छन : ‘प्रचण्डजीको कुरा सुन्दा स्कुलमा पढेको पेड पाइपर अफ ह्यामलिनको कविताको सम्झना हुन्छ, मिठो मुरलिवादकले सहरका सबै मुसाहरुलाई आफ्नो धुनको पछि लगाएर समुद्रमा होमे जस्तै प्रचण्डले पनि अनेक कुकर्त गरेर आफ्नो कुर्सीका निम्ति पूरै माओवादी शक्ति एमाले समुद्रमा होम्दै हुनुहुन्छ, अबका ‘मुसा’ लाटा छैनन् है ।

अध्यक्ष प्रचण्डले डा. भट्टराईलाई गल्ती सच्याउँदै माओवादी केन्द्रमा फर्कन आग्रह गरेका थिए ।  प्रचण्डले भट्टराईले गल्ती सच्चाएर पार्टीमा नफर्किए स्वर्गमा समेत बास नपाउने टिप्पणी गरेका थिए।

बाबुरामकाे टवीट यस्ताे छ –

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ