यी हुन् सपथ खान तयार एमाले र माओवादीले मन्त्री , कस्ले कुन मन्त्रालय पाए ?

यी हुन् सपथ खान तयार एमाले र माओवादीले मन्त्री , कस्ले कुन मन्त्रालय पाए ?

  • शुक्रबार, चैत्र २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, २ चैत्र ।

एमाले र माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम र मन्त्रालयको जिम्वेवारी टूगाएका छन् । सरकारलाई पुर्णता दिनको लागि एमालेले ७ र माओवादीले ५ जनाको नाम टुंग्याएको हो ।

एमालेबाट नेता प्रदिप ज्ञवालीले परराष्ट्र मन्त्रालय, गोकर्ण विष्टले श्रम तथा रोजगार मन्त्रालय र रविन्द अधिकारीले पर्यटन मन्त्रालयको जिम्वेवारी पाउनु भएको छ ।

यस्तै एमालेका अर्का नेता रघुवीर महासेठले भौतिक पुर्वाधार मन्त्रालय, शेरबहादुर तामाङले कानुन मन्त्रालय मन्त्रालय, जगत विश्वकर्माले युवा तथा खेलकुद मन्त्रालय र गोकुल बास्कोटले सञ्चार राज्यमन्त्री को जिम्वेवारी पाउनु हुने भएको छ ।

एमालेका लालबाबु पण्डितले भने सरकार गठन संगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्बेवारी सम्हाली सक्नु भएको छ ।

यस्तै माओवादीकेन्द्रबाट नेता वर्षमान पुन अनन्तले उर्जा तथा जलस्रोत मन्त्रालय, गिरिराजमणि पोखरेलले शिक्षा मन्त्रालय र शक्ति बस्नेतले वन मन्त्रालयक सम्हाल्नु हुने भएको छ ।

अर्का नेता चक्रपाणि खनालले कृषि तथा शहकारी मन्त्रालयको जिम्बेवारी पाउनु भएको छ । यस्तै अध्यक्ष प्रचण्डकी बुहारी विना मगरले खानेपानी मन्त्रालय सम्हाल्नु हुने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ