काठमाडौं चैत्र २ ।
जिल्ला जनपरिषद (जनसत्ता) चितवनले भरतपुर महानगरपालिकाकी मेयर तथा प्रचण्ड पुत्री रेणु दाहाललाई पत्रमार्फत राजीनामा माग गर्दै राजीनामा नदिए वर्गसंघर्षको निशाना पर्ने चेतावनी दिएको छ ।
आज जिल्ला जनपरिषद चितवनका प्रमुख नवराज पौडेलले हस्तक्षर गरेको पत्र चितवनको भरतपुर महानगरपालिकाकी मेयर दाहाललाई सम्बोधन गरेर राजीना दिन पत्रमार्फत् चेतावनी दिनुभएको छ ।
पत्रमा सरकारले लोकतन्त्रको नाममा फासिवाद अभ्यास, आस्थाको भरमा गिरफ्तारी, गरिबी, व्यापार घाटा, मानव बेचबिखन, भ्रष्टाचार, कर छलीे, महिला बेचबिखन, महिला हिंसा, समामाजिक दलालीकरणहरुको तीव्र बढिरहेकोप्रति असन्तुस्ट जनाउदै राजीनामा दिई वैकल्पिक सत्ताको रुपमा स्वीकार गरी जनसेवा र राष्ट्र निर्वाणमा सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline