मन्त्रीपरिषद् विस्तारमा ढिलाइ , यस्तो छ कारण

मन्त्रीपरिषद् विस्तारमा ढिलाइ , यस्तो छ कारण

  • शुक्रबार, चैत्र २, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, चैत २ ।
चार बजे नै हुने भनिएको मन्त्रीपरिषद् विस्तारमा ढिलाई भएको छ ।

आज दिउँसो ४ बजे मन्त्रीहरुको सपथ हुने जानकारी पाएपछि राष्ट्रपति भवन शीतल निवासले आवश्यक तयारी गरेको थियो ।

तर सबै तयारी पूरा भएर कर्मचारीहरु तयार भए पनि अहिलेसम्म कति जना मन्त्रीलाई सपथ गराउने भन्ने कुनै जानकारी नआएको शितल निवास स्रोतले जनाएको छ ।
’
फोरम र राजपालाई पनि सरकारमा सहभागी गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक बालुवाटारमा छलफल गरिसक्नुभएको छ ।

एमाले र माओवादीबाट मन्त्री बन्नेको टुंगो लागे पनि फोरम र राजपाबाट सरकारमा सहभागी हुनेबारे अन्तिम निर्णय भइनसकेकोले छलपल लम्विएको बताईएको छ ।

फोरम र राजपा नआए पनि मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री रहनु भएको बालुवाटार श्रोतले जनाएको छ ।

उपसभामुखको चुनाव पनि भैसकेकाले र राजपा र फोरमसँग छलफल पनि चलेकाले सपथमा ढिलाई भएको श्रोतले दावी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ