काठमाडौं, चैत २ ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालका कम्युनिस्टहरु नेपाली कांग्रेसको सिद्धान्त र आदर्शमा आएकाले उनीहरु कांग्रेसको प्रतिद्वन्द्वी नहुने बताउनु भएको छ ।
राजधानिमा आज भएको एक कार्यक्रममा नेता सिटौलाले लोकतन्त्रलाई अझ सुदृढ र बलियो बनाउन कम्युनिस्टहरुको चरित्रमा कांग्रेसले नै सुधार गरिदिनुपर्ने बताउनु भएको छ ।
उहाले निर्वाचनमा कांग्रेस पराजित भए पनि आफ्नो सिद्धान्त, आदर्श र मुलुकलाई निकास दिन भने सफल भएको दाबी गर्नुभएको थियो ।
राज्यको शक्ति सन्तुलन क्षयीकरण हुन थालेकाले अब कांग्रेसले त्यसलाई रोक्ने पहल गर्नुपर्ने उहाको भनाइ थियो । सिटौलाले पार्टी्भित्र धेरै सुधारको आवश्यकतासमेत रहेको समेत बताउनु भयो ।
कार्यक्रममा कांग्रेसका नेता गगन थापाले सरकारले राज्यका सबै निकायमा हस्तक्षेप गर्न थाले प्रतिकारमा उत्रने चेतावनी दिनुभएको थियोे । उहाले कांग्रेसभित्र समय सापेक्ष परिवर्तनको लागि आफूहरुले पहल गरिरहेको पनि बताउनु भयो ।