गृहमन्त्री थापासँग अमेरिकी राजदूत भेटवार्ता: मानव तस्करी नियन्त्रण लगायतका बिषयमा छलफल

गृहमन्त्री थापासँग अमेरिकी राजदूत भेटवार्ता: मानव तस्करी नियन्त्रण लगायतका बिषयमा छलफल

  • बिहिबार, चैत्र १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ, १ चैत ।
गृहमन्त्री रामबहादुर थापाले मानव तस्करी नियन्त्रण र भुटानी शरणार्थी एंव तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा मन्त्रालयले अध्ययन गरिरहेको बताउनु भएको छ ।
नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजसँग आज भएको शिष्टाचार भेटवार्ताका क्रममा गृहमन्त्री थापाले मानव तस्करी अहिले जटिल समस्याको रुपमा देखा परेकाले यसको नियन्त्रणका लागी सरकारले ठोस निती तर्जुमा गर्ने बताउनु भयो ।

भेटवार्ताका क्रममा टेप्लिजले अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको तथा अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्नेलगायतका विषयमा पनि जिज्ञासा राख्नुभएको थियो ।

गृहमन्त्रालयमा भएको भेटमा उहाँहरुबीच दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपाल र अमेरिकाबीच ७० वर्षअघिदेखि कूटनीतिक सम्बन्ध रहिआएको बताउँदै यो अवधिमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्दै गएको बताउनुभयो ।

उहाँले नेपालको विकास तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद दिनुभयो ।

अमेरिकी राजदूत टेप्लिज्ले थापालाई गृहमन्त्रालयको जिम्मेवारी सम्हालेकोमा बधाई पनि दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ