माओवादी केन्द्रले सरकारमा सहभागी हुनको नाम टुङग्यायो , यी हुन् माओवादी मन्त्रीहरु !

माओवादी केन्द्रले सरकारमा सहभागी हुनको नाम टुङग्यायो , यी हुन् माओवादी मन्त्रीहरु !

  • बिहिबार, चैत्र १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, चैत्र १ ।
माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकदुई दिन भित्रै सरकार विस्ता गर्ने गरि गृहकार्य अघि बढाएसँगै माओवादी केन्द्रले पनि पार्टीबाट सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएको हो ।

पार्टीको भागमा परेका ७ मध्ये बाँकी ५ जनामा वर्षमान पुन, जनार्दन शर्मा, शक्ति वस्नेत, गिरिराजमणी पोखरेल र विना मगरको नाम टुङ्गो लागेको माओवादी केन्द्र श्रोतले जनाएको छ । मन्त्री मण्डलमा जाने सहभागीको नाम टुङ्गो लागेपनि पदीय भागबण्डा भने भइसकेको छैन ।

यसअघि सो पार्टीबाट गृहमन्त्री रामवहादुर थापा र आपूर्तिमन्त्री मातिृका यादव चयन भइसक्नुभएको छ । बाम गठवन्धनले संघीय समाजबादी फोरमलाई पनि सरकारमा ल्याउने तयारी गरेकाले मन्त्रालय संख्या घट्ने श्रोतले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी