उपसभामुखमा कांग्रेसबाट पुष्पा र वाम गठबन्धनबाट शिवमायाले दिए उम्मेदवारी,कस्ले मार्ला बाजी ?

उपसभामुखमा कांग्रेसबाट पुष्पा र वाम गठबन्धनबाट शिवमायाले दिए उम्मेदवारी,कस्ले मार्ला बाजी ?

  • बिहिबार, चैत्र १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, चैत्र १ ।
प्रतिनिधिसभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दिनुभएको छ । उहाले संसद भवनमा आज पौने १ बजे उम्मेदवारी दर्ता गराउनु भएको हो । उहाको प्रस्तावकमा डिला संग्रौला र समर्थकमा देवेन्द्रराज कँडेल रहनु भएको छ ।

उम्मेदवारी दिएपछि उहाले प्रतिपक्षीले संसदमा प्रभावकारी भूमिका खेल्ने भएकोले सरकार पक्षले आफूलाई समर्थन गर्नुपर्ने बताउनु भएको थियो । यसअघि कांग्रेसले सभामुखमा भने पार्टीका तर्फबाट उम्मदेवारी दिएको थिएन ।

यही चैत २ गते हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि कांग्रेस पदाधिकारी बैठकले आज उहालाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

प्रतिनिधिसभा सदस्य भुसाल यसअघि पहिलो संविधानसभामा समेत निर्वा्चित भैसक्नुभएको थियो ।

यस्तै वाम गठबन्धनबाट उपसभामुखमा शिवमाया तुम्बाहाम्फेले उम्मेदवारी दिनुभएको छ । आज दिउँसो साढे १ बजे उहाले उम्मेदवारी दिनुभएको बताईएको छ ।
उहाको प्रस्तावकमा भने देव गुरुङ र समर्थका रवीन्द्र अधिकारी हुनुहुन्छ ।

संघीय संसद् सचिवालयले भोलि दिउँसो १ बजे उपसभामुखको निर्वाचनका लागि मिती गरेको प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुचएको छ । उपसभामुखको निर्वाचनका लागि आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

 

प्रतिनिधिसभाका सभामुखको निर्वाचन गत फागुन २६ गते सम्पन्न भएको थियो । सभामुखमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध निर्वा्चित भइसक्नुभएको छ । संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ

प्रतिनिधिसभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो । त्यस्तै सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र दुवै पदमा फरक फरक दलको प्रतिनिधित्व हुनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ