प्रधानमन्त्री अ‍ोली र प्रचण्डबीच आज छलफल हुदै

प्रधानमन्त्री अ‍ोली र प्रचण्डबीच आज छलफल हुदै

  • बिहिबार, चैत्र १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ ,१ चैत्र ।
भोलीसम्ममा सरकार विस्तार गर्ने तयारी गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्दै हुनुहुन्छ ।

सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आज छलफल गरी बेलुकी सम्ममा मन्त्री बन्नेको नाम टुंग्याएर भोलि मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री ओलीको तयारी रहेको बालुवाटार स्रोतले बताएको छ ।

मन्त्रिपरिषद विस्तारका बारेमा प्रधानमन्त्री ओली र प्रचण्डबीच आज छलफल हुने भनिएपनि समय भने तय भइनसकेको प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

सरकारमा सहभागी हुने बताइसकेको संघीय समाजवादी फोरम र सरकारलाई समर्थन गरेको राजपालाई पनि सरकारमा सहभागी गराउने विषय तथा मन्त्रालयको भागबण्डाबारे प्रधानमन्त्री र प्रचण्डले टुंगो लगाएपछि दुई दलसँग समेत छलफल गर्ने तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ