३० फागुन, काठमाडौं ।
कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरुलाई आज प्रशिक्षण दिँदैछ । केही सांसदहरु नयाँ भएकाले संसदमा प्रस्तुत हुने शैली सिकाउन लागिएको नेपाली कांग्रेसले जनाएको छ ।
त्यसका लागि आज बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण कार्यक्रम राखिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा पार्टीका नेता र कांग्रेस निकट विज्ञहरूले सांसदलाई संसदीय परिपाटीका विषयमा प्रशिक्षण दिनेछन् । प्रतिनिधिसभामा ६३, राष्ट्रिय सभामा १३ र प्रदेश सभामा कांग्रेसका १ सय १३ गरी कुल १ सय ८९ सांसद छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline