राष्ट्रियसभा बैठक बस्दै, अध्यक्षमा तिमिल्सिना निर्वा्चित भएको घोषणा हुने

राष्ट्रियसभा बैठक बस्दै, अध्यक्षमा तिमिल्सिना निर्वा्चित भएको घोषणा हुने

  • बुधबार, फाल्गुन ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

३० फागुन, काठमाडौं ।
राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्वा्चित भएको औपचारिक घोषणा आज हुँदैछ । अध्यक्ष पदका लागि गत सोमबार भएको मनोनयन दर्तामा एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको थियो ।

त्यसैले उहाँ नै राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वा्चित भएको घोषणा आजको बैठकबाट गर्न लागिएको हो । त्यसका लागि आज दिउसो १ बजे राष्ट्रियसभाको बैठक बोलाइएको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा नेकपा एमालेका २७, नेपाली कांग्रेसका १३, नेकपा माओवादी केन्द्रका १२, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दुई÷दुई जना र राष्ट्रपतिबाट मनोनित तीन जना सदस्य छन् ।

यसैबीच राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आगामी चैत ४ गते हुने भएको छ । राष्ट्रियसभाको अध्यक्ष पुरुष निर्वा्चित भइसकेकाले अब उपाध्यक्ष महिला हुनुपर्ने छ ।

राष्ट्रियसभाको अध्यक्ष एमालेले पाएकाले उपाध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको छ । यद्यपि संघीय समाजवादी फोरमले पनि यसमा दावी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ