विद्यादेबी भण्डारीले आज शपथ ग्रहण गर्दै :बालुवाटारमा सांसदहरुलाई ओलीको चुलै निम्तो !

विद्यादेबी भण्डारीले आज शपथ ग्रहण गर्दै :बालुवाटारमा सांसदहरुलाई ओलीको चुलै निम्तो !

  • बुधबार, फाल्गुन ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, फागुन ३० ।
नवनिर्वा्चित राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । हिजो मुलुकको तेस्रो राष्टपति तथा दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएका भण्डारीले आज शपथ ग्रहण गर्न लाग्नु भएको हो ।

राष्टपति भण्डारीको शपथ ग्रहणका कार्यक्रम अपरान्ह ४ बजेका लागि तय गरिएको शितल निवास स्रोतले जनाएको छ । उहाँको कार्यकाल पाँच वर्षको हुनेछ ।

राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । तर प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली विवादमा पर्नु भएकाले को बाट शपथ लिने भन्ने नैतिक संकट भण्डारीलाई परेको छ ।

भण्डारी ११ कात्तिक २०७२ मा पनि नेपालको दोस्रो राष्ट्रपतिमा निर्वा्चित हुनु भएको थियो ।

यसैबीच राष्ट्रपति निर्वाचनका लागि प्रदेशहरुबाट समेत सांसदहरु काठमाडौंमा आएको मौका पारेर ओलीले चियापान कार्यक्रम गरेका हुन् ।

संघीय संसद (राष्ट्रियसभा र प्रतिनिधिसभा) र प्रदेशसभाका सांसदहरुलाई बिहान  चियापानका लागि बालुवाटारस्थित निवासमा उपस्थित हुन भनिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

खासगरी आफूलाई संसदमा विश्वासको मत दिएका सांसदहरुका लागि ओलीले चियापान कार्यक्रम आयोजना गरेको स्रोतले बतायो । ओलीले २७ फागुनमा विश्वासको मत पाएका थिए । ओलीलाई तीन चौथाइभन्दा बढी सांसदहरुले मत दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ