विकास निर्माणको नाममा जथाभावी भत्काउने र खन्ने कार्यले ठूलो समस्या: सिंह

विकास निर्माणको नाममा जथाभावी भत्काउने र खन्ने कार्यले ठूलो समस्या: सिंह

  • सोमवार, फाल्गुन २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

 

काठमाडौँ, २८ फागुन ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँका सडक निर्माण कार्यलाई सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।

काठमाडौँका सडक निर्माण नभएर सवारी साधनको चाप परिरहेको गुनासो बढेपछि काठमाडौँ क्षेत्र नं १ का सांसदसमेत रहनुभएका नेता सिंह आज सडक डिभिजन कार्यालय पुगी सडकसहित विकास आयोजना कति समयमा सम्पन्न हुने हो भनेर स्पष्ट लेख्नुपर्ने र तोकिएको समयमा सम्पन्न गर्न आग्रह गर्नुभएको हो ।

नेता सिंहले विकास निर्माणको नाममा सरकारी निकायहरूले जथाभावी भत्काउने र खन्ने गर्नाले सर्वसाधारणलाई ठूलो समस्या परेको भन्दै सरकारी निकायबीच समन्वय गरेर विकास निर्माणलाई चाँडो सम्पन्न गर्नुपर्ने बताउनुभएको हो ।

सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख मुकुन्द अधिकारीले विद्युत्, खानेपानी, ढलले सहयोग नगरेका कारण सडक निर्माणका कार्य समयमा पूरा हुन नसकेको बताउनुभयो ।

उहाँले सबै निकाय बसेर समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दुई दिनभित्र आयोजनाका होर्डिङ बोर्ड राखेर काम गर्ने उहाँको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ