राष्ट्रियसभा अध्यक्षको उम्मेदवारी दर्ता आज

राष्ट्रियसभा अध्यक्षको उम्मेदवारी दर्ता आज

  • सोमवार, फाल्गुन २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ २८ फागुन ।
राष्ट्रिय सभाको अध्यक्ष चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संसद भवन नयाँ वानेश्वरमा बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म उम्मेदवारी दर्ताको समय छुट्याएको छ ।

उम्मेदवार माथिको दाबीविरोध पछि आजै दिउँसो साढे एक बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने संघिय संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो ।

राष्ट्रिय सभा अध्यक्षका लागि आगामी फागुन ३० गते निर्वाचन हुदैछ । प्रमुख सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार राष्ट्रिय सभाको अध्यक्ष एमालेको भागमा परेको छ ।

राष्ट्रिय सभाको अध्यक्षका लागि एमालेबाट परशुराम मेघी गुरुङ, गणेश तिमल्सिना, सुमन प्याकुरेल, बलराम बास्कोटा, खिमलाल भट्टराई, शेरबहादुर कुँवर लगायतको नाम चर्चामा छ ।

यस मध्येमा पनि गुरुङ र तिमल्सिना राष्ट्रिय सभा अध्यक्षका लागि मुख्य दावेदारका रुपमा हेरिएको स्रोतले जनाएको छ । प्रतिनिधिको सभामुखमा उमेदवारी नदिएका नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा उम्मेद्वारी दिनेबारे भने केही टुङ्गो लगाएको छैन ।

सत्तापक्षले कसलाई उम्मेद्वार बनाउँछ भन्ने टुंगो लागेपछि मात्र आफुहरुले उम्मेद्वार उठाउने नउठाउनेबारे निर्णय गर्ने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । ५९ सदस्य रहेको राष्ट्रिय सभामा कांग्रेसका १३ जना सांसद छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ