कांग्रेसले गर्‍यो माअाेवादी नेता महराकाे खुलेरै प्रशंसा !

कांग्रेसले गर्‍यो माअाेवादी नेता महराकाे खुलेरै प्रशंसा !

  • शनिबार, फाल्गुन २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, फागुन २६ । प्रतिनिधिसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित हुनुभएकाे छ ।शनिबार बसेको प्रतिनिधिसभा बैठकमा सभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदमा कृष्णबहादुर महराकोमात्र एकल उम्मेदवारीको सूचना परेकाले उहाँ सभामुखमा निर्वाचित भएको घोषणा गर्नुभयाे।

सभामुख पदका लागि शुक्रबार मनोनयन दर्ताको समय निर्धारण भएपनि महराकोमात्र उम्मेदवारी परेको थियो ।उहाँलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलेसमेत समर्थन गरेकाे थियाे ।

शनिबारको बैठकमा पूर्वसभामुख एवं सत्तारुढ दल नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले महरालाई सभामुख बनाउन प्रस्ताव पेस गर्नुभएकाे थियाे ।

उम्मेदवारीको प्रस्ताव पेस गर्दै नेता नेम्वाङले संविधान कार्यान्वयन र थुप्रै कानुन निर्माणको सवालमा प्रतिनिधिसभा सक्षम हुने विश्वासका साथ आफूहरुले महरालाई प्रस्ताव गरेको बताउनु भयाे  ।

प्रस्तावको समर्थन गर्दै माओवादी केन्द्रका नेता देव गुरुङले विगतमा प्रतिनिधिसभा सन्चालनका दौरानमा गल्ती, कमी–कमजोरी हुने गरेको भन्दै संसद सबैको साझा थलो भएकाले सत्तापक्ष–प्रतिपक्ष सबैबीच एकता आवश्यक रहेकोमा जोड दिनभयाे ।

राष्ट्रपति निर्वाचनमा उम्मेदवार खडा गरेको कांग्रेसले प्रतिनिधिसभा बैठकमा भने महराको खुलेरै प्रशंसा गर्दै समर्थन गरेको छ । बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले संसद र सरकारमा लामो समय रहेका अनुभवी महराबाट संविधान र संसदीय संस्कारको पूर्णपालना हुनेमा आफूहरु विश्वस्त रहेको बताउनु भयाे ।

सभामुखमा निर्वाचित भइसकेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै महराले संसदलाई निकासको थलो बनाउने भन्दै कसैले पनि अपहेलित हुनुनपर्ने गरी संसदका काम–कारबाही अघि बढाइने बताउनु भयाे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ