व्यावहारिक भएर न्याय सम्पादन गर्न आग्रह

व्यावहारिक भएर न्याय सम्पादन गर्न आग्रह

  • बिहिबार, फाल्गुन २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

 

हेटौंडा २४ फागुन  । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायमा गठित न्यायिक समितिका पदाधिकारीलाई निष्पक्ष, व्यावहारिक र विवेकशील भएर न्याय सम्पादन गर्न आग्रह गर्नुभएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज यहाँ आयोजित स्थानीय तहका उपप्रमुख सम्मिलित न्यायिक समितिका पदाधिकारीका लागि आयोजित तीनदिने कानुनी प्रशिक्षणको उद्घाटन गर्दै उहाँले जनताको हितमा फैसला गर्दा संघीयताप्रति जनआस्था वृद्धि हुनेतर्फ सबैको ध्यानाकर्षण गर्नुभयो ।

पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी र पूर्वन्यायाधीश समाजका महासचिव शम्भुबहादुर खड्का, प्रजिअ चक्रबहादुर बुढा र जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले फैसला गर्दा अनुचित लाभबाट विमुख हुनुपर्ने बताउनुभयो ।
तीन दिनसम्म चल्ने प्रशिक्षणमा जिल्लाका दश गाउँपालिकाका उपप्रमुख, कानुन व्यवसायी र सरकारी कर्मचारीसहित ४० प्रतिनिधिको सहभागिता छ ।

यसैबीच मुख्यमन्त्री पौडेलले महिलाहरूले आफ्नो समृद्धिका लागि दलगत स्वार्थ भन्दामाथि उठेर रचनात्मक कार्यका साथ अगाडि बढ्नुपर्ने औँल्याउनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले चालीस ऐनकानुन तर्जुमा गर्न लागेको बताउनुभयो ।

राष्ट्रियसभाका सदस्य रामचन्द्र राई र प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठले जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन प्रदेश सरकारले गुरुयोजना तर्जुमा गरी लागु गर्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ