ओलीको नियुक्ती बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

ओलीको नियुक्ती बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

  • बुधबार, फाल्गुन २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं , २३ फागुन ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

संसदमा सपथ नलिई प्रधानमन्त्री बनेको भन्दै ओलीविरुद्ध सर्वोच्चमा रिट दायर भएको हो । शपथ नलिएको व्यक्तिलाई संसदले नचिन्ने भएकाले त्यसरी बनेका व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले रिट दायर गर्नुभएको हो ।

रिटमा प्रधानमन्त्री ओलीको नियुक्ती गैरसंवैधानिक भएको भन्दै बदर गर्न समेत माग गरिएको छ । रिटको पेशी पर्सि शुक्रबारलाई तोकिएको छ । एमालेका अध्यक्ष समेत रहेका ओली गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ