कांग्रेसबाट कुमारी लक्ष्मी राईद्धारा राष्ट्रपतिमा उम्मेदवारी दर्ता

कांग्रेसबाट कुमारी लक्ष्मी राईद्धारा राष्ट्रपतिमा उम्मेदवारी दर्ता

  • बुधबार, फाल्गुन २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाण्डौ , २३ फागुन ।

नेपाली कांग्रेसबाट कुमारी लक्ष्मी राईले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्नु भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर राईले उम्मेदवारी दर्ता गर्नु भएको हो । पूर्व सांसद समेत रहनु भएकी राई कांग्रेस नेता देवानसिंह राईकी छोरी हुनुहुन्छ ।

राईको प्रस्तावकमा चित्रलेखा यादव, मानवहादुर विश्वकर्मा, पार्वत डिसि चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे रहेका छन् । यस्तै समर्थकमा सरिता प्रसाई, सूजता परियार, मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी र राधा घले रहेका छन् ।

वाम गठबन्धनबाट विद्यादेवी भण्डारीलाई अघि सारेपछि कांग्रेसले राईलाई राष्ट्रपति उम्मेदवारमा उठाएको हो । उम्मेदवारी दर्ताका लागि विहान १० देखि २ बजेसम्मको समय तोकिएको छ । आगमी २९ गते राष्ट्रपतिको चुनाव हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी