पद नपाउने पक्का पक्की देखिए पछि नेपाली काग्रेसले राष्ट्रपतिमा लक्ष्मी राईलाई उठाउने संभावना देखिएको छ । उनी शहीद दिवान सिंह राईकी छोरी हुन् ।
राष्ट्रपतिको उम्मेद्धार र समसामयिक विषयमा छलफल गर्न आज नेपाली काग्रेस केन्द्रीय समितिको बैठक बस्दै छ । बैठक बिहान ९ बजे बस्ने छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने एमालेको निर्णय आएकाले काग्रेसले उम्मेद्धारी दिने एक काग्रेस नेताले बताए ।
भण्डारीले पदीय मर्यादा पालन गर्न नसकेको र भूमिका निर्वाह गर्न नसकेको काग्रेस नेताहरुको तर्क छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline