बाबुरामकाे हिँड्ने तरिका ठिक नभएको खिमलाल देवकोटाकाे तर्कः नयाँ शक्ति छाडेर पुनः माओवादी केन्द्रमा किन फर्कीए ?

बाबुरामकाे हिँड्ने तरिका ठिक नभएको खिमलाल देवकोटाकाे तर्कः नयाँ शक्ति छाडेर पुनः माओवादी केन्द्रमा किन फर्कीए ?

  • मङ्लबार, फाल्गुन २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

2018-03-06 19:43

काठमाडौँ, २२ फागुन (रासस) ः नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा आज आयोजित कार्यक्रममा प्रवक्ता देवकोटालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले रातो टीका लगाएर पार्टी प्रवेश गराउनुभयो । सो अवसरमा अध्यक्ष दाहालले बलियो कम्युनिष्ट केन्द्रको निर्माण समयको माग रहेको बताउनुभयो ।

राजनीतिक स्थायित्व, समृद्धि र विकासको जनचाहना बुझेर एउटै शक्तिशाली कम्युनिष्ट केन्द्रको स्थापना गर्ने अभियान शुरु गरिएको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले भन्नुभयो, “संविधानले नै व्यवस्था गरेको समाजवाद प्राप्तिका लागि सबै कम्युनिष्ट एक हुनुपर्छ । नक्कली, सक्कली बनेर हुँदैन । पार्टीभित्रै बहस गरेर पार्टीलाई थप परिस्कृत गर्न सकिन्छ ।”

सो अवसरमा अध्यक्ष दाहालले नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईलाई माओवादीमा फर्कन आग्रह गर्नुभयो ।
अध्यक्ष दाहालले जनताले एकताको पक्षमा आदेश दिएको उल्लेख गर्दै भन्नुभयो, “पार्टी एकताका बारेमा तर्क गर्न खोज्दा के भनौ, के भनौ भयो भने, जनताले एकता गर्न भनेका छन्, जनताको आदेश मान्नुपर्छ भन्नुहोला ।”

सो अवसरमा नवप्रवेशी नयाँ शक्तिका प्रवक्ता देवकोटाले डा भट्टराईको मनसाय राम्रो भए पनि हिँड्ने तरिका ठिक नभएको टिप्पणी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ