एमालेलार्इ राष्ट्रपति छान्न सकस, मध्यरातसम्म स्थायी समिति बैठक बालुवाटारमा जारी

एमालेलार्इ राष्ट्रपति छान्न सकस, मध्यरातसम्म स्थायी समिति बैठक बालुवाटारमा जारी

  • मङ्लबार, फाल्गुन २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ ।

राष्ट्रपतिको उम्मेदवार चयनका विषयमा छलफल गर्न साँझ ६ बजे देखि बसेकाे सत्तारुढ नेकपा एमाले स्थायी कमिटीको बैठक अहिले पनि जारी छ ।

अपरान्ह ४ बजेका लागि तय भएको बैठक साँझ ६ बजे शुरु भएर हालसम्म जारी रहेको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपल श्रेष्ठले जानकारी दिनुभयाे ।

औपचारिक बैठक अघि पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाललगायतसँग परामर्शसमेत गर्नुभएकाे थियाे ।

एमालेभित्र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने वा नयाँ उम्मेदवारी दिने भन्नेमा छलफल चलेको छ । एमालेबाट विद्यासँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहितको नाम राष्ट्रपतिका लागि चर्चामा छ ।

एमाले स्थायी समितिमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल–माधवन नेपाल गुटबीच बराबरीको अवस्था भएकाले राष्ट्रपतिको उम्मेदवार छनोट पेचिलो हुने अनुमान गरिएको छ।

पछिल्लो समयमा अध्यक्ष ओली पार्टीमा हाबी हुँदै गएका छन्। दोस्रो पटक सरकारको नेतृत्व गरेपछि दुईतिहाइ बहुमतको सरकार निर्माणतर्फ अग्रसर रहेका ओलीले राष्ट्रपतिमा भण्डारी नै कायम गर्नुपर्ने अडान राखेका छन्। उनको अडानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छ।

यता वरिष्ठ नेता नेपाल समूहले नेता खनाललाई राष्ट्रपतिमा लानुपर्ने अडान लिएको छ। नेपाल पक्षले एकै व्यक्तिलाई दोहोर्‍याएर अवसर दिनु गलत हुने बताउँदै आएको छ।

राष्ट्रपतिको निर्वाचन प्रक्रिया भाेलीदेखि सुरु भएर २९ गते टुंगिदैछ। २९ गते निर्वाचनमार्फत देशको तेस्रो राष्ट्रपति चुनिँदैछ। एमालेका उम्मेदवारसँग भिड्न नेपाली कांग्रेसले मानबहादुर विश्वकर्मालाई उठाउने तयारी गरेको छ। यही फागुन २९ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचन कार्यतालिका अनुसार बुधबार ३ बजेसम्म मनोनयन गर्नुपर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ