काठमाडौं, २२ फागुन।
जनसंख्या तथा वातावरण मन्त्रीलालबाबु पण्डितले अहिल प्रतिपक्षी आवश्यकता नरहेको भन्दै कांग्रेसलाई पनि सरकारमा आउन आग्रह गर्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालद्धारा आज राजधानिमा आयोजित साक्षात्कारमा मन्त्री पण्डिलले फोरम र राजपालाई सहभागी गराई एक दुई दिनभित्रमै सरकार विस्तार गरीने बताउनु भएको छ ।
उहाले अब देशलाई विकास र सुशासनको दिशामा लैजानुपर्ने भएकाले कोहीपनि सरकार बाहिर बस्न आवश्यक नरहेको बिचार व्यतm गर्नुभएको थियो ।
साथै फरक प्रसंगमा मन्त्री पण्डितले सरकारले हरियो स्टिकर नलगाइएका सवारी साधनलाई आगामी वैशाख १ गतेदेखि महानगरभित्र प्रवेश गर्न रोक लगाउने बताउनु भएको छ ।
उपत्यकामा प्रदूषण गर्ने सम्बन्धित निकायसँग छलफल गरिसकिएको बताउँदै आगामी एक वर्ष्भित्र काठमाडौँमा मास्क नलगाई हिँड्ने वातावरण निर्माण गर्न सरकार लागिरहेको उहाको भनाई थियो ।
उहाँले काठमाडौँमा मानव शरीरले भोग्न सक्नेभन्दा आठ गुणाभन्दा बढी प्रदूषण रहेकाले प्रदूषण हटाउनका सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिनुभएको छ ।