राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक

राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक

  • मङ्लबार, फाल्गुन २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ ,२२ फागुन ।
राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक पार्टी कार्यालय सानेपामा भोलि विहान ९ बजे बैठकका लागि बोलाइएको हो ।

काग्रेसको राष्ट्रपति निर्वाचनका लागि भोलि उम्मेदवारी दिने कार्यतालिका रहेको छ । तर कांग्रेसमा अहिलेसम्म उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा दुई मत देखिएको छ ।

केहीले पार्टीले उम्मेदवारी दिनुपर्ने धारणा राखेका छन् भने केहीले नजित्ने निर्वाचन लड्नुभन्दा उम्मेदवारी नदिएर सकारात्मक सन्देश दिनुपर्ने धारणा राखेका छन् ।

कांग्रेसमा उम्मेदवारी दिने विषयमा सहमति जुटेमा नेता मानबहादुर विश्वकर्माला उम्मेदवार बनाउने तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ