कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु,देउवा र सिंहबीच प्रतिस्पर्धा

कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु,देउवा र सिंहबीच प्रतिस्पर्धा

  • सोमवार, फाल्गुन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, फागुन २१ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन भइरहेको छ ।

संसदीय दलका नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा गर्दैछन् । नेता चयनका लागि अहिले संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान भइरहेको छ ।

संसदीय दलका नेतामा दाबी गर्दै दुवै जनाले हिजो उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय आज बिहान साढे ८ बजेसम्मका दिए पनि दुवै जनाले उम्मेदवारी फिर्ता नलिएको निर्वाचन गर्न लागिएको हो ।

१० बजेबाट भएको निर्वाचन १ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । त्यसलगत्तै मतगणना गर्ने कार्यक्रम तय भएको छ ।

प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी कांग्रेस संसदीय दलमा कूल ६३ जना सांसद छन् । संसदीय दलको नेतामा निर्वाचित हुन कम्तिमा ३२ मत ल्याउनुपर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ