प्रचण्ड भन्छन्: एमालेसँगकाे एकता जनयुद्धभन्दा ठूलो हाे, मदनकाे जबजले यहाँ अार्इपुगेका हाै

प्रचण्ड भन्छन्: एमालेसँगकाे एकता जनयुद्धभन्दा ठूलो हाे, मदनकाे जबजले यहाँ अार्इपुगेका हाै

  • शनिबार, फाल्गुन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास नहुने भूमरीमा परिरहने राजनीतिलाई त्यसबाट बाहिर निकाल्न आफूहरु सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संसदीय दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टी एकताको पृष्ठभूमिमा आफूहरुको संयुक्त संसदीय दलको बैठक भइरहेको र केही दिनमा एउटै संसदीय दल हुने बताउनु भयाे ।

साझा चुनावी घोषणापत्र र उम्मेदवारका साथ जाँदा डेढमहिनामै जनतालाई एकता पार्न सकिनु आफैंमा विश्वविद्यालय हुनपुगेको बताउदै अध्यक्ष दाहालले भन्नुभयो, “अब हामी राष्ट्रिय पुजीको विकास गर्दै वैज्ञानिक समाजवादको यात्रामा अघि बढ्नेछौँ, एकताको निर्णयले नेपाललाई १०० वर्षपछि जानबाट अघि ल्याएको छ, त्यसकारण हाम्रो एकतालाई जनयुद्धभन्दा ठूलो परिघटनाका रुपमा लिइएको छ ।”

विगतमा एमाले र केन्द्रले अघोषित रुपमा एकले अर्काेको रक्षा गर्दै आएको स्मरण गर्दै उहाँले मदन भण्डारीको जनताको बहुदलीय जनवादका कारण पनि आफूहरु यहाँसम्म आइपुगेको बताउनुभयो ।

बैठकमा एमाले नेता एवं पूर्व सभामुख सुवास नेम्वाङले संसदीय नियम र अभ्यासको हेक्का राखेर प्रभावकारी भूमिका निर्वाह गर्न सांसद्हरुलाई आग्रह गर्नुभयो । संघीय संसद्मा दुई दलका कूल २१४ सदस्य छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ