छ हजार तीनसय तीस फिटबाट सञ्चारकर्मीलाइ गराए अभियन्ताले उपत्यकाको अवलोकन

छ हजार तीनसय तीस फिटबाट सञ्चारकर्मीलाइ गराए अभियन्ताले उपत्यकाको अवलोकन

काठमाडौ उपत्यकालाई मरुभूमी बनाउन नदिनका लागि नागरिक दवाव

  • शनिबार, फाल्गुन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौं, १९ फागुन ।   कुनै समय ऋषिहरुको ज्ञान प्राप्त गर्ने पवित्र तपोभूमीका रुपमा रहेको काठमाडौं उपत्यका मरुभूमी बनाउन लागिएको चेतावनी विज्ञहरुले दिएका छन् । काठमाडौ उपत्यकालाई मरुभूमी बनाउन नदिनका लागि नागरिक दवाव दिने उद्देश्यले सामाजिक अभियन्ताहरु सक्रिय भएका छन् ।

सामाजिक अभियन्ताहरुले काठमाडौं उपत्यका अर्थात नेपाल मण्डल पर्यटन नगरी बचाउ अभियान बनाएर विभिन्न कार्यक्रमहरु घोषणा गरेका छन् ।  यसैक्रममा शुक्रबार बिधिसत्वोले बज्रयान ध्यानलाई प्रबर्धन गराएको छ हाजार तीनसय तिस फित  उपत्येका धेरिएको मध्ये सातौ अग्लो नागार्जुनमा अभियान टोलीले सञ्चारकर्मीहरुलाई सम्भाव्य अनन्य पर्येतक नगरी र बढ्दो बातावरण बिनाश रोक्न अवलोकन गराएको छ ।

जामाचो सञ्चार उत्सव नाम दिइएको उक्त कार्यक्रममा शिवपुरी डाँडाबाट काठमाडौं उपत्यकालाई विभिन्न कोणबाट अवलोकन गरिएको थियो । चर्चित विश्व साइकल यात्री पुस्कर शाहसहितको साइकल यात्रीहरुको समूह र नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव प्रभात चलाउनेसहित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको टोली शुक्रबार शिवपुरीको जामाचो लेकमा पुगेको थियो ।

के हो नेपाल मण्डल पर्यटन नगरी अभियान ?

२५० वर्ग माइल क्षेत्रभित्र रहेको काठमाडौं उपत्यकालाई अभियन्ताहरुले नेपाल मण्डल पर्यटन नगरी भनेका छन् । ज्ञानभूमी, तपोभूमी र देवभूमीका रुपमा रहेको यो उपत्यकालाई अव्यवस्थित बसोबास र विकासका नाममा गरिएको विनासले मरुभूमीमा परिणत गर्न लागिएको उनीहरुको भनाई छ । यसलाई कङ्क्रिट हुनबाट बचाउन माग गर्दै यो अभियान थालिएको लेखक तथा अभियन्ता पदम श्रेष्ठ बताउँछन् ।

नेपाल मण्डल पर्यटन नगरीभित्र पाँच वटा साना पर्यटन नगरी घोषणा गरिएको छ । ७ हजार ९ सय ५० फिट अग्लो चन्द्रागिरीका वरिपरि रहेको चन्द्रागिरी चम्पादेवी पर्यटन नगरी, ९ हजार ७३ फिट अग्लो फुल्चोकी डाँडाको वरिपरि रहेको फुल्चोकी लाकुरी भञ्ज्याङ पर्यटन नगरी, ५ हजार ९ सय ३३ फिट अग्लो नगरकोट वरिपरि नगरकोट जरसिंहपौवा पर्यटन नगरी, ८ हजार ९ सय ६२ फिट अग्लो शिवपुरी वरिपरि शिवपुरी–ककनी पर्यटन नगरी र ६ हजार ३ सय ३० फिट अग्लो नागर्जुन वरिपरि जामाचो याङ्की दह पर्यटन नगरी गरी पाँच वटा साना पर्यटन नगरी बनाइएको छ । यिनै पाँच वटा पर्यटन नगरीलाई केन्द्र बनाइ विभिन्न सचेतनामूलक कार्यक्रम तयार गरिएका छन् । काठमाडौं उपत्यकाका चारैतिर रहेका यी पाँच उच्च स्थानलाई आधार बनाएर त्यसका वरिपरि पर्यटनको उच्च विकास गर्ने र समग्रमा काठमाडौं उपत्यका अर्थात नेपाल मण्डललाई नै स्वर्गभूमी बनाउनुपर्ने माग अभियन्ताहरुको छ ।

हालका लागि यस अभियानको संयोजक सामाजिक अभियन्ता कृष्ण केसी रहेका छन् । साथै काठमाडौं उपत्यकाको इतिहास र विभिन्न स्थानहरुको राम्रो अध्ययन गरी विभिन्न पुस्तकका लेखक पदम श्रेष्ठ यसको सचिव रहेका छन् । त्यसैगरी पाँच वटा पर्यटन नगरीमा छुट्टाछुट्टै टिम बनाएर अभियान बनाइएको छ । जसअनुसार चन्द्रागिरी चम्पदेवी पर्यटन नगरीका संयोजक विनोद महर्जन रहेका छन् । त्यस्तै फुल्चोकी लाँकुरी भञ्ज्याङ पर्यटन नगरीका सुकुलाल तामाङ रहेका छन् । त्यस्तै नगरकोट जरसिंहपौवा पर्यटन नगरीमा गोकुल शर्मा रहेका छन् । त्यसैगरी शिवपुरी–ककनी पर्यटन नगरीमा ईन्द्र लामा र सोममाया लामा छन् भने जामाचो यङकीदह पर्यटन नगरीका संयोजक राजेन्द्र के.सी. रहेका छन् ।

अभियन्ताहरुको टोलीले विभिन्न क्षेत्रमा स्थापित व्यक्तिहरुलाई यो अभियानमा सहभागी भई काठमाडौं उपत्यकाको प्राकृतिक रुप बचाउन माग गरेको छ । ‘नेपालमा चाडैचाड, मेलैमेला, पर्वैपर्व, दिवसै दिवस, उत्सवै उत्सव :  त्यसैमा थपौ एक नेपाल मण्डल पर्यटन महोत्सव’ भन्ने मूल नारा तय गर्दै टोलीले तीन महिने अभियान बनाएर महा उत्सवका रुपमा यस अभियानलाई मनाउने जनाएको छ ।

फोटो :-नबिन पौडेल

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी