अन्तत: टुट्ने भयो राजपा र फोरमको सहयात्रा !

अन्तत: टुट्ने भयो राजपा र फोरमको सहयात्रा !

  • शनिबार, फाल्गुन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ ,१९ फागुन।

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको सहयात्रा टुट्ने भएको छ। फोरम नेपाल सरकारमा जाने र राजपा प्रतिपक्षमा बस्ने भएपछि यी दुई दलको सहयात्रा टुट्न लागेको हो। फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारमा जानका लागि प्रधानमन्त्री केपी ओलीसँग पटकपटक वार्ता गरेका छन्।

दुई नेताबीच पछिल्लो चरण्मा भएका वार्ताले फोरम सरकारमा सामेल हुने पक्कापक्कीजस्तै भएको छ। यही कारणल राजपाका नेताहरु फोरमसँग सशंकित हुने थालेका छन्।

राजपालाई सरकारमा ल्याउन सत्तारुढ दल एमाले र माओवादी केन्द्रले खासै चासो देखाएका छैनन्। ओली प्रधानमन्त्री नियुक्त भएपछि उनले राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरसँग वार्ता गरेका छैनन्। राजपाका नेताहरुले फोरमलाई तत्काल सरकारमा नजान सुझाव दिएका छन्।

राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘मधेस मुद्दा छाडेर फोरम सरकारमा जान लागकोमा मधेसी जनता चिन्तित भएका छन्।’ संविधान संशोधन गर्ने प्रतिवद्धता विगतमा पनि सरकाले पटकपटक गरेको भन्दै यस्ता प्रतिवद्धताको कुनै अर्थ नहुन उनले बताए।

नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी