एमाले–माओवादीको संसदीय दलको बैठक आज बस्दै , ओली र प्रचण्डले प्रशिक्षण दिने

एमाले–माओवादीको संसदीय दलको बैठक आज बस्दै , ओली र प्रचण्डले प्रशिक्षण दिने

  • शनिबार, फाल्गुन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं ,फागुन १९ ।
नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त संसदीय दलको बैठक आज बस्दै छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा आज विहान ११ बजे बस्ने बैठकमा दुबै दलका सांसदहरुलाई दुबै पार्टीका अध्यक्षहरुले संयुक्त प्रशिक्षण दिने छन् ।

कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रशिक्षण दिने एमाले नेता सुवास चन्द्र नेम्वाङ्गले जानकारी दिनुभएको छ ।

‘संसद बैठक सुरु हुनु अघि आफुहरुको रणनीति र आगामी कार्य्दिशाका विषयमा दुबै दलका सांसदहरुलाई सयुक्त रुपमा प्रशिक्षण दिइने उहाँको भनाई छ ।

एमाले र माओवादीको पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा रहेकाले आजको बैठकमा आगामी रणनीति तय गर्न र संसदमा प्रस्तुतीका विषयमा दुई अध्यक्षले सांसदहरुलाई निर्देशनात्मक प्रशिक्षण दिन लागेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ