संविधान संसोधन र सरकार समिकरणबारे वाम गठबन्धनले फोरमसँग छलफल गर्दै

संविधान संसोधन र सरकार समिकरणबारे वाम गठबन्धनले फोरमसँग छलफल गर्दै

  • शनिबार, फाल्गुन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, फागुन १९ ।
संविधान संसोधन र सरकार समिकरणबारे वाम गठबन्धनले आज पनि संघीय समाजवादी फोरमसँग छलफल गर्दै छ ।

पटक पटक भएको वार्ताले मन्त्रालय भागबण्डाको विषय टुंग्याउन नसकेपछि आज पुनः शीर्ष नेताको बैठक बस्न लागेको हो ।

संविधान संशोधनबारे करिब करिब सहमति भएपनि पदीय भागबण्डाको विषय भने पेचिलो बन्दै गएको छ । आज बस्ने वार्तामा मन्त्रालयको टुंगो लगाएर औपचारिक सहमति हुने नेताहरुले दाबी गरेका छन् ।

सरकारमा सहभागी हुन फोरमले ३ मन्त्रालय र उपसभामुख तथा राष्ट्रिय सभाको उपाध्यक्षमध्ये एउटा पद माग गरे पनि वाम गठबन्धनले भने एउटा मन्त्रालय मात्रै दिने प्रस्ताव गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ