मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने प्रधानमन्त्री ओलीले दाबी

मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने प्रधानमन्त्री ओलीले दाबी

  • शुक्रबार, फाल्गुन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं १८ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने दावी गर्नुभएको छ ।

आज मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अबको नेपाल भ्रष्टचारमुक्तm हुने बताउनु भएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले सरकारले ढिला नगरी मुलुकको आवश्यक्ता अनुसारको शैक्षिक जनशक्ति उत्पादन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको थियो ।

उहाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रको विकासका लागि सरकारले आवश्यक्ता अनुसारको जनशक्ति उत्पादन गर्ने विधि र प्रक्रियाको विषयमा गम्भिर छलफल गरिरहेको पनि बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीको मुलुकको समग्र क्षेत्रको विकासलाई अघि बढाउन पनि दक्ष जनशक्ति उत्पादनको काममा ढिलाई गर्न नहुनेमा सरकार सचेत रहेको बताउनु भयो ।

काठमाडौंको महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा रहेको २३ आना जग्गा भित्र मनमोहन सेन्टर एनेक्स भवन निर्माण गर्न लागिएको हो ।

भवन तथा सहरी विकास विभागको अगुवाईका निर्माण गर्न लागिएको सो भवन १९ महिना भित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । भवन निर्माणका लागि सरकारले ३० करोड रुपँैया बजेट विनियोजन गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ