काठमाडौं, १७ फागुन।
सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालको बैठक बालुवाटारमा सुरू भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र फोरमका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुबीच हिजो सहमति जुट्न नसकेपछि आज पुनः बैठक बसेको हो ।
एमाले सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन र सरकारमा सहभागिताको विषयलाई लिएर फोरमसँग भइरहेको संवाद सकारात्मक रहेको र आजको बैठकले यसलाई निष्कर्षमा पुर्याउने दाबी गर्नुभएको छ ।
वाम गठबन्धन र फोरमबीचको वार्ता निष्कर्षमा नपुग्दा सरकार विस्तारमा विलम्ब भइरहेको छ । सहमति बनेमा सरकार विस्तारको बाटो खुल्ने जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline