संसदीय दलको नेतामा देउवाको उम्मेदवारी घोषणाः सिंहले पनि उम्मेदवारी दिने , कोइराला पनि आकांक्षी

संसदीय दलको नेतामा देउवाको उम्मेदवारी घोषणाः सिंहले पनि उम्मेदवारी दिने , कोइराला पनि आकांक्षी

  • बुधबार, फाल्गुन १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, फागुन १६ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता आफैं बन्ने घोषणा गर्नुभएको छ ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले होली पर्वको अवसर पारेर आज आफ्नै निवास टोखामा आयोजना गरेको चियापानमा देउवाले पार्टी सभापति आफू भएकाले संसदीय दलको नेता पनि आफैं बन्ने दाबी गर्नुभएको हो ।

उहाँले फागुन २१ गते हुने संसदीय दलको निर्वाचनमा आफूले उम्मेदवारी दिने घोषणा गर्नुभयो ।

संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी दाबी गर्दै आएका अर्का नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि सर्वसम्मतको अवस्था नरहेको भन्दै संसदीय दलमा आफ्नो उम्मेदवारी दाबी रहेको बताउनु भयो ।

उहाँले नेतृत्वको कमजोरीले पार्टीको अवस्था खुम्चेको भन्दै अब संसदीय दलको नेतृत्व आफूले लिने बताउनु भयो ।

नेपाली कांग्रेसको आगामी रणनीति तय गर्न र संसदीय दलको नेतामा सर्वसम्मतको वातावरण बनाउन आयोजना गरिएको चियापानमा महामन्त्री कोइरालाले भने सर्वसम्मत् नेता चयन गर्न आफ्नो भूमिका हुने बताउनु भयो ।

उहाँले संसदीय दलको नेतामा सर्वसम्मत् भए आफूपनि इच्छुक रहेको बताउनुभयो ।

महामन्त्री कोइरालाले राखेको चियापान कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका अन्य नेता पनि सहभागीता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ