काठमाडौं, फागुन १६ ।
आगामी फागुन २१ मा बस्ने संघीय अधिवेशनको तयारी स्वरुप संघीय संसद सचिवालले आज सर्वदलीय बैठक आह्वान गरेको छ । बैठक दिउसो २ बजे पछि नयाँ बानेश्वर स्थित संसद भवनको शंकर हलमा हुनेछ ।
आजको बैठकमा प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने ५ राष्ट्रिय राजनीतिक दलहरुलाई छलफलको लागि बोलाइएको छ । जसमा एमाले, माओवादी केन्द्र, नेपाली कंग्रेस, राजपा र संघीय समाजवादी फोरम नेपाल रहेका छन् ।
संसद अधिवेशन, प्रतिनिधि सभा तथा राष्ट्रियसभा का सांसदहरुको पद तथा गोपनियताको शपथ ग्रहण, अन्तरिम कार्यविधिबारे. छलफल गर्ने आज सर्वदलीय बैठक आह्वान गरिएको सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिनुभयो ।
सचिवालयका प्रवक्ता गौतमका अनुसार २० गतसांसदहरुको शपथ ग्रहण कार्यक्रम र २१ गते संसद बैठक राखिएको छ । २० गते अपरान्ह ४ बजे प्रनिनिधिसभाका सांसदहरुको तथा साँझ ५ बजे राष्ट्रिय सभाका सांसदहरुको शपथ ग्रहणको लागि समय निर्धारण गरिएको बताइएको छ ।
राष्टपति विद्यादेवि भणडारीले २१ फागुनका लागि संघीय संसदको पहिलो अधिवेशन आह्वान गर्नु भएकाले त्यसको अघिल्लो दिन प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरुको शपथ कार्यक्रम तय भएको हो ।