१७ पटक निर्वाचन हारेर पनि अन्ततः प्रधानमन्त्री बनेरै छाड्नेभए रामचन्द्र पौडेल

१७ पटक निर्वाचन हारेर पनि अन्ततः प्रधानमन्त्री बनेरै छाड्नेभए रामचन्द्र पौडेल

  • बुधबार, फाल्गुन १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 17.5K
    SHARES

काठमाडाैं,१६ फागुन ।

प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा १७ पटक उठेर हारेका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडलले अाफ्नाे चाहना पुरा गर्ने भएका छन् । एकपटक प्रधानमन्त्रीको कुर्सीमा बस्ने मनोकांक्षा लिएर हिडिरहेका पाैडेल कांग्रेसको छाँया सरकारको प्रधानमन्त्री बन्दै छ ।

प्रतिनिधिसभा निर्वाचनमा चुनावी प्रचारप्रसारका क्रममा पौडेललाई भाबी प्रधानमन्त्रीका रुपमा परिचित गराइएको थियो । निर्वाचनमा पराजित भएसँगै उनको त्यो सपना पनि सपनामै सीमित भएको छ । तर, पनि सरकारका काम कारबाहीलाई ‘चेक एण्ड ब्यालेन्स’ गर्न बन्न लागेको छाँया सरकारको नेतृत्व नेता पौडेलले गर्ने लगभग निश्चित भएको छ ।

कांग्रेस स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीसहित सबै मन्त्रीका गतिविधि नजिकबाट अनुगमन र गलत कार्य भएको अवस्थामा खवरदारी गर्न बन्ने सरकारमा प्रधानमन्त्री बँन्न रामचन्द्रले ईच्छा देखाएका हुन् । यसमा अन्य नेताले विरोध गर्ने सम्भावना कम छ ।

पार्टीका धेरै नेताले पनि रामचन्द्र छाँया सरकारको प्रधानमन्त्री बनुन् भन्ने चाहन्छन् । पार्टीमा माथिल्लो तहमा पुगेर पनि अभागी नेताका रुपमा रहेका पौडेल मुलुकको प्रधानमन्त्री बन्न नपाए पनि उनलाई छाँया सरकारको प्रधानमन्त्री बनाउने पक्षमा नेताहरु छन् ।त्यस्तै, सो सरकारमा गृहमन्त्रीका रुपमा गगन थापाको नाम चर्चामा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ