विधान खाका र जनवर्गीय संगठनको एकीकरणसम्बन्धी प्रस्ताव तयार गर्न दुई समिति गठन

विधान खाका र जनवर्गीय संगठनको एकीकरणसम्बन्धी प्रस्ताव तयार गर्न दुई समिति गठन

  • मङ्लबार, फाल्गुन १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं फागुन १५ ।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्नका लागि बनेको संगठन तथा विधान मस्यौदा कार्यदलको बैठकले २ उपसमिति बनाएको छ ।

एमाले पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको कार्यदलको बैठकले विधान खाका तयार गर्न र जनवर्गीय संगठनको एकीकरणसम्बन्धी प्रस्ताव तयार गर्न दुई उपसमिति बनाएको कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिनु भएको छ ।

विधान खाका तयार गर्न वर्षमान पुन र वेदुराम भुसाललाई जिम्मा दिइएको छ भने जनवर्गाीय संगठनको एकीकरणसम्बन्धी प्रस्ताव गर्न गिरीराजमणि पोखरेल र गोकर्ण विष्टलाई दिइएको छ । दुबै उपसमितिले २२ गतेको कार्यदलको बैठकमा आफ्नो प्रतिवेदन बुझाउने छ ।

गत फागुन ८ गते दुई दलबीच एकीकरणका लागि ७ बुँदे प्रारम्भिक आधार तय भएपछि संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन गरिएको थियो ।
संगठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेबाट इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल रहेका छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन रहेका छन् ।

संगठनात्मक विधान मस्यौदा कार्यदलले संगठन लगायत पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाएर फागुन २५ भित्र शीर्ष तहमा बुझाउनु पर्नेछ ।

यस्तै पार्टी एकता प्रतिवेदन कार्यदलले पनि आफ्नो कार्य गरिरहेको छ । उक्त कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ