१५ फागुन ,काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्त ओली ‘सुदर्शन’ रिहा हुनुभएको छ । प्रहरीले गिरफ्तार गरेको १४ दिनपछि आज साँझ ५ बजे रिहा गरेको हो ।
पार्टी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलनमा भाग लिन विराटनगर पुगेका सुदर्शनलाई फागुन ६ गते प्रहरीले गिरफ्तार गरेको थियो ।
सुदर्शनसँगै गिरफ्तार गरिएका पोलिटब्युरो सदस्य पदम राईलाई भने हिरासतमै राखेको छ ।
युवा संगठनको कार्यक्रममाथिको हस्तक्षेप र नेता(कार्यकर्ताको गिरफ्तारविरुद्ध नेकपाले फागुन ८ गते नेपालको आह्वान गरेको थियो । त्यसपछि देशभर लगातार संघर्षका कार्यक्रम जारी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धकालिन प्रहरी संरचनालाई ब्यूताएर नेकपा नेता(कार्यकर्तालाई जहाँ पयो त्यहीबाट गिरफ्तार गर्न आदेश दिएका थिए । सोही आदेशअनुसार अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेसहितका नेतालाई गिरफ्तार गरिएको छ ।
नेकपाका स्याङजा सेक्रेटरीसहित देशभरबाट दर्जनौं नेता(कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
पोलिटब्युरो सदस्य पदम राई ‘विकास’ लाई थप अनुसन्धान गर्ने भन्दै भोजपुर लगिएको छ । सुदर्शनलाई विराटनगरको उच्च अदालतले बन्दी–प्रत्यक्षीकरण मुद्दाका रिहाइ गरेका हुन् । विकासलाई भने प्रहरीले भोजपुर जिल्ला अदालतमा झुट्टा मुद्दाका लागि थप अनुसन्धान गर्न लगिएको जनाईएको छ ।