स्थानीय तहका जनप्रतिनिधि शासकका रुपमा प्रस्तुत हुन थाले: बस्नेत

स्थानीय तहका जनप्रतिनिधि शासकका रुपमा प्रस्तुत हुन थाले: बस्नेत

  • सोमवार, फाल्गुन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

 

भक्तपुर, १४ फागुन।

नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले जनताको मत पाएर आएका स्थानीय तहका जनप्रतिनिधि शासकका रुपमा प्रस्तुत हुन थालेको बताउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज आयोजना गरेको ‘वर्तमान परिपे्रक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबीच सहकार्यका अवसर र चुनौती’ विषयको कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य बस्नेतले जनप्रतिनिधिमा दम्भ र घमण्ड मौलाउँदै गएको बताउँदै भन्नुभयो, “ पछिल्लो समयमा हामी जनताको प्रतिनिधि हो भन्ने भुलेर हामी शासक हौँ कि भन्ने दम्भ र घमण्ड जनप्रतिनिधिमा बढ्दै गएको छ, यसले विकासमा बाधा पु¥याउँछ ।”

जनप्रतिनिधिले चार किल्ला प्रमाणित र भूमिसुधारको काम गरेर दैनिक समय बिताउँदै आएको टिप्पणी गर्दै उहाँले रातो कलमले सही गर्न मात्रै जनप्रतिनिधि नभएकाले विकास निर्माण र अन्य काममा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवर, सहायक प्रजिअ जयकुमार घिमिरे, नगरपालिकाका उपप्रमुखहरु सूर्यविनायककी जुना बस्नेत र चाँगुनारायणकी वीणा बास्तोलालगायतले स्थानीय तहको विकास र प्रगतिका लागि नागरिक समाज र जनप्रतिनिधि मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ