गृहमन्त्रीमा रामबहादुर थापा निश्चित ! माअाेवादीले बुझायाे मन्त्रीकाे सूची, वर्षमानलाई रोक्न यसरी सफल भए बादल

गृहमन्त्रीमा रामबहादुर थापा निश्चित ! माअाेवादीले बुझायाे मन्त्रीकाे सूची, वर्षमानलाई रोक्न यसरी सफल भए बादल

  • सोमवार, फाल्गुन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडाैं , १४ फागुन ।

नेकपा माअाेवादी केन्द्रका नेता  रामबहादुर थापा ‘बादल’  प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री बन्ने भएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले अाजै प्रधानमन्त्री ओलीलाई मन्त्रीको नामावली बुझाएका छन् । सो नामावलीमा बादलको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने र उनले गृह मन्त्रालय सम्हाल्ने प्रचण्डले ओलीलाई जानकारी गराएको माओवादी निकट स्रोतले बतायो ।

यसअघि गृहमन्त्रीमा वर्षमान पुन ‘अनन्त’ले पनि दावी गरेका थिए । तर उनलाई रोक्दै गृहमन्त्रालय हात पार्न बादल सफल भएका छन् ।बादल माओवादीमा तेस्रो वरियताका नेता हुन् । उनी प्रचण्ड नेतृत्वको पहिलो सरकारमा रक्षामन्त्री थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ